फेसबुक बन्द हुँदैछ रे
Picture
 । आउँदो नोभेम्बर ९ देखी फेसबुक ह्याकरहरुले फेसबुक बन्द गराउने धम्की दिएका छन् रे । त्यो धम्की धम्कीमा मात्रै सिमित हुने हो की साँच्ची नै बन्द हुने हो त्यो भने कसैले भविष्यवाणी गर्न सक्दैन । फेसबुकका प्रयोगकर्ता नेपालमै १३ लाख जति  छन् भने विश्वमा करोडौँको हरपलको साथी बनेको छ फेसबुक । यसरी बन्द गराउने हल्ला हल्ला मात्र हो भनेर ढुक्क हुन पनि सकिन्न किनकी प्रविधिको विकास सँगै त्यति काम गर्न सक्ने ह्याकरहरु छैनन् भनेर ढुक्क हुन सकिन्न । सँच्चै बन्द होला नहोला त्यो छुट्टै बहसको विषय वन्ला तर भर्खर भर्खर ब्लगर बनेर आफ्नो ब्लग अपडेट गर्न सिक्दै गरेको सुचना प्रविधिको सिकारु यो दिमागले “फेसबुक बन्द भए के होला ?” भन्ने अनुमान बारे आफ्नो विचार यस ब्लगमा आफ्नो विचार छर्किन लागेको छु ।


१. सब भन्दा पहिले त फेसबुकको सञ्चालक लाई सबै भन्दा ठूलो परिमाणको घाटा लाग्ला । यो त सबैले जानेको र अनुमान लगाउन सकिने कुरो हो ।

२. विभिन्न कार्यालयका कर्मचारीहरु खाली फेसबुकमा रमाउन लागेका छन् भन्ने सुनिन्थ्यो अव फेसबुक बन्द भए कार्यालयको काम पनि अलि छिटो सम्पादन होला ।

३. फेसबुकका प्रयोगकर्ता मध्ये धेरै विद्यार्थीहरु छन् जो बुक छोडेर फेसबुक प्रयोग गर्ने लतमा फसेका छन् । उनीहरुको पढाईको गुणस्तरमा केही सुधार आउला ।

४. कतिपय मेरा मित्रहरुला ईन्टरनेट चलाउन आउँदैन फेसबुक मात्रै चलाउन आउँछ उनीहरुको लागि भने इन्टरनेट भनेको फेसबुक मात्र होइन रहेछ भन्ने नयाँ सिकाई प्राप्त हुनेछ । त्यस पछि अन्य साइटहरु पनि खोल्न र चलाउन थाल्नेछन् । अनि फेसबुक बन्द भएको मौकामा अरु साइटहरुको आम्दानी पनि बढ्नेछ ।

५. मेरो भने फेसबुकमा यो लेख लेख्दा सम्म ६८२ जना साथी र १०६२ फोटोहरु छन् । ती मध्ये करिब १०० जना चहीँ प्रत्यक्ष चिनाजानका साथीहरु छन् ती हटे र मेरो फोटाहरु हराएरभने त मलाई ठुलै घाटा हुनेछ । त्यसैले मलाई यो खबरले मलाई एकचोटी झस्काएको छ । त्यसैले फेसबुकका फोटाहरु अन्तै सार्ने अभियान चलाउँदै छु, गोगलको पिकासामा ।

६. फेसबुकको आगमन सुचना प्रविधिको दुनियाँमा नयाँ परिवर्तन थियो यदि यो बन्द भयो भने पनि एउटा आतंक नै मच्चिने अनुमान गर्न सकिन्छ ।


(बाँकि कुरा तपाईको प्रतिक्रियामा........
 झुक्किएर वा नझुक्किएरै पनि यो ब्लग पढ्नु भयो भने क्रिपाया प्रतिक्रिया दिनुहोला ।) 





Leave a Reply.

welcome to www.janasakti.weebly.com
Picture
अहिले वेब साईट को काम पुरा हुन् अझै बाँकि नै छ | हजुर हरुले हेरेर अझ यसलाई कसरि राम्रो बनाउने सल्लाह सुझाब दिनु हुन् अनुरोध गर्दछौ 

janasakti.weebly.com
DHAULAGIR ZONE
FIRST website SITE
TO SHARE YOUR
FEELINGS
NEWS
ENTERTAINMENT
SPORTS UPDATE
GET CONNECTED
नमस्कार, तपाईलाइ हामी स्वागत गर्दछौ ।यो ब्लग हाम्रो सिकारुपन हो ।अवश्य हामी तपाईको अमुल्य सुझावको र कमेन्टको आशा गर्दछौ,साथै तपाइका रचनाहरु छन् भने हामीलाई हाम्रो इमेलमा वा फेसबुकको म्यासेज बक्समा प्रेषण गर्न नभुल्नु होला। । हामीलाइ माया गर्ने सम्पुर्ण साथीहरुप्रति हामी आभारी छौ।।।। हाम्रो इमेल होः 

[email protected]