शिशिर र बसन्तीको  अन्तरकथा   ´´जलद´´का कथाहरु««
लेखक इन्द्रेणी शर्मा ´´जलद ´´
         बसंतीका आँखा रसाएका थिए, मैले आफ्नो सारा काहनी सुनाएँ / बसंती धेरै बर्ष पछि मैले भेटेको थिएं एक सरकारी अस्पतालमा ,आफ्नो लोग्नेको उपचारको सिलसिलामा आएकी रहिछे हामी दौतरी थियौं ,हाम्रा काकाले बेलाबेलामा जिस्काउनु हुन्थ्यो हामी लाजले पानी हुन्थ्यौं अहिले उ आफ्नो जीवनको कथा सुनाउन खोज्दैछे , ऊ सामान्य परिवारमा हुर्केकी थिइ .उसको ठुलो दाइ मेरो स्कुले साथी थियो / रमेश थियो उसको नाम . बसन्ती मेरी सानिमाकी छोरी उषासँग हेलमेल थियो बसन्ती कहिलेकाँही मेरो कोठामा आएर आफ्नो जीवनका रंग कोर्थी म कल्पनामा हराउन पुग्थें /
हामी बसाईंसराइको सिलसिलमा हामी आफ्नो जन्मेको ठाउ छोडेर तराइ तिर लागियो ऊ आफ्नो पुरानो बस्तिमा नै आफ्नो जीवनका दिन बिताउदै हुदिहो यसरी भेट नभएको पनि बर्षौं भयो
म तराइमा थिएँ बसंतीको खुबैयाद आउथ्यो के गर्नु ? मेरो स्कुले जीवनका कारण म आफ्नो पुरानो घर जान सकिन मेरा कुरा बसन्तीलाई बेलाबेलामा लेख्थें उसले पनि आफ्नो मनको बह पोखेकी हुन्थी उसको दाइ दोहोरो भिडन्तमा परे पछी घाइते भएछ उपचार त भयो तर अपांग जीवन बिताउदै गाउँ कै स्कुलमा शिक्षक भएछ / समय बित्दै गयो एक दिन बसन्तीको पनि कतारमा कामगर्ने साल टारीका उमेश संग बिबाह भएछ जब मैले सुने म छानाबाट खसेको अनुभव गरें /
आज मेरो आफ्नै जीवन छ तर म खुशी हुनसकेको छैन किनकी बसन्तीले मेरो जीवनमा नया प्रेमको आवाज भरेकी थिइ
उसले मलाइ आफ्नो कुरा कहित्यै लुकाइन , म उसको जीवनमा कति पोखिएको थिएँ ? कति भरोसामा डुबेको थिएँ डायरीका पानामा मनका बेगहरु सलबलाएका हुन्थें /
शिशिर मेरो जीवनमा तिमी बाहेक अर्को पुरुष हुने छैन उसले आस्वस्त पार्थि म बेचैन हुन्थें मेरो सारा आफंतिको अगाडि कसरी हिम्मत गर्नु ? म यसरी नै आफ्नो कथा सुनाउदै थिएँ
मनका आंधी बेहरीले सारा जीवनमा हलचल ल्यायो  बसंतीको मनको संसारमा आज सुनामी आएको थियो  मेरो भित्रीसतहमा उसैको झझल्को हुन्थ्यो  . हाम्रो कुराकानी उसको लोग्नेले  छेवैबाट सुनेछ
भाबुक हुदै  आफ्नो बिगत सम्झाउदै भन्यो हो– ´´शिशिरजी यस्तो त होई हाल्छ नि यो कसैको दोष होइन «« प्रेम पबित्र हुनु नै  आत्मा सत्य हुनु हो  ««हेर्नुस यस्तो कुरा पहिल्यै थाहा पाएको भए ठिक हुदो रहेछ  ठिक छ  बसंतीको पबित्र मन छ जुन हजुरलाई थाहा छ तर आज म भाग्यवान ठान्दछु /´´
बसंतीको आँखा रसाएका मात्र थिएनन् आँशुले छाती चुर्लुम्म भिजेको थियो – आफ्नो लोग्नेको यो कुराले ऊ झन् प्रभावित संबेदनशिल हुन् पुगेकी थिइ
नारीको मर्म कति गहिरो हुन्छ आज ति आँशु बगाइले स्पष्ट पारेको थियो
बसन्ती मेरो जीवनकी पहिला नारी थिइ केटीसाथीको रुपमा  हरेक नया कुरा चिज एकअर्काको बीच बाड़ीचुडी गर्दथ्यौ  त्यो अनुपम आनन्द थियो /दुवै एक अर्कोमा हराएका हुन्थ्यौं  – मैले लेखेका गित जाब बसन्तीले गाउथी  मानिस टक्क उभिएर सुनी  रहन्थे  कोकिल आवाज थियो उसको म उसको हरेक कुराले मोहित हुन्थें  मेरा अरु दौतरी रिसले आगो हुन्थें  सुन्दरी कोकिल आवाज सुडौल तन मनकारी मनको बोली सुशील आनिबानिको त  प्रतिमुर्ति नै थिइ बसन्ती , सबैको मन खिचेको हुन्थ्यो  / जब स्कुल पुग्थ्यें उसकै सम्झनाले म भाबनामा आफै हराउथें
ऊ अर्कै कि थिइ
मेरी हुन् सकिन मेरो मनको संसारमा ऊ निस्कन सकेकी भने थिइन  म बिबश थिएँ
शिशिर हामी आफ्नो घर लाग्यौं  डाक्टरले  एक पटक आउन भनेका छन त्यति बेला
तिम्रो घरमा बस्ने गरि आउछौं ल
मेरो मन कति रोयो आज मेरो जीवनमा बसन्ती भएको भए कस्तो हुने थियो ? शिशिरले आफ्नो बिगत सम्झ्यो  ऊ नदीको किनारतिर लाग्यो
भोलि पल्ट अखबारमा एक सनसनी पूर्ण खवर छापियो    ´´ शिशिरले नदीमा हाम फाले ´
शिशिर बाबुले आफ्नो जीवन व्यर्थमा फ्याकन खोजे
स्कुलबाट बिद्यार्थी घरतिर फर्कदै थिए अचानक एक मानिस झ्वाम्म नदीमा हामफालेको देखेछन सबैले गुहार गुहार गरेर चिच्चाए एक माझि नदीको किनारमै थिए  आफ्नो डुंगा हतार हतार लिएर बगिरहेको मानिसलाई समाती हाले पानि धेरै पिए  पनि होश गइ सकेको थिएन
मानिस जम्मा भए जीवनका कथा ब्यथा सुनाउन थाले  समाजमा भएका  युवायुवतीको भावनाको बारेमा चासो दिनु पर्छ नत्र यस्तै हुन्छ भन्ने कुरो बुझियो युवायुवतीको मनको तरंग सुनामी भन्दा डर लाग्दो हुन्छ हामीले बेलैमा बुझ्नु जरुरि हुन्छ यस्तै कुरा हुदै थिए एक युवकले कपडा माथि एक चिठ्ठी फेला पारे  अनि सबैलाई जानकारी दिए
उनको कपदासामु  एक लामो पत्र कोरिएको थियो
नन्दु केशवले पढेर सुनाउन थाले
बसन्ती
कोमल सम्झनाहरु
       तिमीले आफ्नो जीवनमा मेरो पुरानो सम्झना सदैब हटाउनु  किनकी तिम्रो यादले म पलपल पागल सरि बने म बाचेर पनि जिउदो लाश हुनु उचित ठानिन  आखिर अर्को जीवनमा पुनर  मिलनको कामना गर्दै तिम्रै नाममा बिदा हुन् पुगें याहा कोहि कसैको दोष र दबाव छैन मेरोआफ़्फ़्नै इच्छाले आत्मा हत्या गर्न पुगें  मलाइ थाहा थियो कातरले मात्र यसको निर्दयी कुकार्य गर्छन आखिर मेरो जाने बखत रहेछ  तिमीले आफ्नो श्रीमानको सम्मान गर्नु उनि महान रहेछन  हाम्रो कुरा सुनेर पनि रिसायेनन  बरु गर्ब गरे  तिमी महान छयौ बसन्ती म अब यो  संसारबाट  बिदा लिदै छु मलाइ माफ गर
तिम्रो हुन् नसकेको
शिशिर अभागी
समाप्त «««««««««
दिनांक ०९/०५/२०१२ बुधबार राति २१.२५
प्रगतिनगर नवलपुर नवलपरासी नेपा



Leave a Reply.

welcome to www.janasakti.weebly.com
Picture
अहिले वेब साईट को काम पुरा हुन् अझै बाँकि नै छ | हजुर हरुले हेरेर अझ यसलाई कसरि राम्रो बनाउने सल्लाह सुझाब दिनु हुन् अनुरोध गर्दछौ 

janasakti.weebly.com
DHAULAGIR ZONE
FIRST website SITE
TO SHARE YOUR
FEELINGS
NEWS
ENTERTAINMENT
SPORTS UPDATE
GET CONNECTED
नमस्कार, तपाईलाइ हामी स्वागत गर्दछौ ।यो ब्लग हाम्रो सिकारुपन हो ।अवश्य हामी तपाईको अमुल्य सुझावको र कमेन्टको आशा गर्दछौ,साथै तपाइका रचनाहरु छन् भने हामीलाई हाम्रो इमेलमा वा फेसबुकको म्यासेज बक्समा प्रेषण गर्न नभुल्नु होला। । हामीलाइ माया गर्ने सम्पुर्ण साथीहरुप्रति हामी आभारी छौ।।।। हाम्रो इमेल होः 

[email protected]