"छोरो बिग्रीयो पल्सरले छोरी बिग्रीयो फेशबुक ले" नेपाल मा अहिलेगरीब, मध्यम गरीब घरानामा चलेको चर्चित भनाइ हो जसबाट म पुर्ण रुपले चै सहमत छुईन । म हालसाल स्थापित र नेपाली जनजिब्रोमा चलेको एउटा मान्यता बिपरित आफ्नो बिचार पोख्न लागिरहेको छु । सायद मेरो यो बिचार कतिपय अभिवावक र ब्यक्तिलाई मन नपर्न सक्छ होला । म ति सबै संग क्षमा चाहन्छु । तर साथै मैले देखेका बुझेका केहि सत्य कुरा नराखी पनि बस्न सक्दिन । आज को दिनमा चर्चामा रहेको भनाई "छोरो बिग्रयो पल्सर ले छोरी बिग्रीयो फेशबुक ले" भन्ने भनाइ प्रती म पुर्न रुपले सहमत छुईन्! यो कुरा सत्य हो कि नेपाली आकाशमा युवाहरुको माझमा सबै भन्दा लोकप्रिय बाईक को रूपमा पल्सर रहेको छ ( नेपाली उत्पादन होइन्, कुनै गर्व को कुरो पनि होइन् ) साथै अनुसन्धानले देखाए अनुसार सबै भन्दा बढी दुर्घटना हुने र मृत्यु हुनेको संख्यामा यस बाईकको नाम अग्रपंक्तिमा आउछ । अत्याधिक दुर्घटना को कारण ले कतिपय बिमा कम्पनी ले यो बाईक को बिमा गर्न मानिरहेको छैन । तर यसको मुख्य आकर्षण नै यसको दुत्रगती र पिक अप क्षमता र स्टाईल हो । कुनै चिजमा रहेको बिशेषताको लागी यसरी दोष दिने कार्य चाही उचित होइन । मुख्य कुरा नियन्त्रण हो । यसरी कुनै पनि कुरा यदी हाम्रो जीवनमा नियन्त्रण भन्दा बाहिर गएमा दुर्घटना अवश्य हुन्छ । मात्र दुर्घटना को स्वरूप बेग्ला बेग्लाई हुन्छ र परिणाम फरक फरक हुनसक्छ । हामिले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरामा नियन्त्रण गुमाउनु वा असावधान हुनु भनेको दुर्घटना निम्तयाउनु हो । यसरी सम्भावित दुर्घटनाको भयले कुनै खास बस्तुमा निहित बिशेषताको उपयोग नगर्नु त्यस बस्तुको उपभोग नगर्नु भनेको स्वयमलाई प्रबिधिबाट टाढा राख्नु र नया आबिष्कार र सम्भावना बाट आंखा चिम्लनु हुन्छ ।बस्तु र प्रबिधिको सही प्रयोगले मानिसको कार्यक्षमतालाई कैयो गुणाले बृद्दी गर्छ भने त्यही बस्तुको प्रयोगमा असावधानीले ठुलो अपुर्णिय नोक्सान गर्दछ । त्यसैले कुनै बस्तुमा निहित कुनै खास बिशेषतालाई नकारात्मक रुपमा लिनु हुँदैन । हामीले दैनिक जीवनमा उपभोग गर्ने हावा पानी र आगो यदी नियन्त्रण भन्दा बाहिर हुने हो भने यसले निम्त्याउने दुर्घटनाको सामु बाईक दुर्घटना त मात्र सुर्यलाई दियो देखाउने झै हुन जान्छ । हरेक बस्तुको आ-आफ्नो कमजोरी र बिशेषता हुन्छ ।






Leave a Reply.

welcome to www.janasakti.weebly.com
Picture
अहिले वेब साईट को काम पुरा हुन् अझै बाँकि नै छ | हजुर हरुले हेरेर अझ यसलाई कसरि राम्रो बनाउने सल्लाह सुझाब दिनु हुन् अनुरोध गर्दछौ 

janasakti.weebly.com
DHAULAGIR ZONE
FIRST website SITE
TO SHARE YOUR
FEELINGS
NEWS
ENTERTAINMENT
SPORTS UPDATE
GET CONNECTED
नमस्कार, तपाईलाइ हामी स्वागत गर्दछौ ।यो ब्लग हाम्रो सिकारुपन हो ।अवश्य हामी तपाईको अमुल्य सुझावको र कमेन्टको आशा गर्दछौ,साथै तपाइका रचनाहरु छन् भने हामीलाई हाम्रो इमेलमा वा फेसबुकको म्यासेज बक्समा प्रेषण गर्न नभुल्नु होला। । हामीलाइ माया गर्ने सम्पुर्ण साथीहरुप्रति हामी आभारी छौ।।।। हाम्रो इमेल होः 

[email protected]